६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि रु २५ लाख सहयोग

अ+ अ-

सुरुङ्गा । झापाको कनकाई नगरपालिका-४ स्थित कोटिहोममा कोभिड-१९ को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले रु २५ लाख सहयोग गरेको छ ।

झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो । जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो ।

अभियानसँग साझेदारी गर्दै अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको रु २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे।

यसअघि झापामा सञ्चालित सहकारीहरुले समेत ल्याब स्थापनाका लागि रु २५ लाख अभियानलाई प्रदान गरेका थिए । अभियानबाट झण्डै रु डेढ करोड सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

उता मेची अञ्चल अस्पतालमा समेत कोरोन परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको छ । कोटिहोम र मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनमा आएपछि झापासहित पूर्वको इलाम पाँचथर र ताप्लेजुङमा सङ्कलित स्वाब परीक्षणका लागि प्रदेश सरकारले धरान र विराटनगरमा स्थापना गरेको ल्याबसम्म स्वाब पु¥याउनुपर्ने बाध्यता हटेर जाने भएको छ ।

अहिले प्रदेश सरकारले स्थापना गरेको दुईवटा ल्याबमा प्रदेश नं १ का १४ जिल्लाको स्वाब परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस