काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस संकमणको दर बढिरहेको बेला माक्सको प्रयोग घट्दै गएको भन्दै कडा रुपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिएको छ ।
आइतवार निर्देशनात्मक परिपत्र जारी गर्दै ७७ ओटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई माक्स प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।
लकडाउन खुलेपछि भीडभाड बढेको र मानिसहरुले मास्क नलगाई हिँड्ने गरेको गुनासो आएपछि गृहले निर्मम बन्न निर्देशन दिएको हो ।
मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए ।
‘हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएका छौं । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’ उनले भने ।