हेटौंँडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँइले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक आज प्रमाणीकरण गरेका छन् ।
प्रमाणीकरण भएका विधेयकमा प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ र वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए ।
प्रदेशसभाको बैठकले यही साउन ५ र ६ गते ती विधेयक पारित गरेको थियो ।