मौवाखोलाबाट साना सवारी साधन चल्न थाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौवाखोलाबाट साना सवारी साधन चल्न थाले


९ श्रावण २०७७, शुक्रबार


धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनको सीमामा रहेको मौवा खोलामा डाइभर्सन बनाएपछि शुक्रबारदेखि साना गाडी र मोटरसाइकलहरु चल्न थालेका छन् ।

५ दिनअघि आएको बाढीपहिरोले पुल भत्केपछि यातायात ठप्प थियो । बाढीले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएको थियो ।

बाढीले बगाएको भागमा ग्याविन जाली तथा माटो भरेर शुक्रबारदेखि मोटरसाइकल तथा साना सवारीका साधन सञ्चालन गर्न थालिएको हो । गत साउन ४ गते आएको बाढीले चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलाको पुलको एक छेउ भत्काउँदा पाँच दिन पृथ्वीराजमार्ग अवरुद्ध बनेको थियो ।

बाढीले पुल भत्काएपछि काठमाडौंतर्फ आउने गाडी मुग्लिनतर्फ नै रोकिएका थिए पनि काठमाडौंबाट गएका गाडी धादिङतर्फ नै रोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस