२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंगोमा स्वास्थ्य आपतकाल अन्त्य, सीमाहरु खुला

अ+ अ-

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गरेका छन् । उनले व्यावसायिक कृयाकलाप, विद्यालय र सीमाहरु खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गरेका छन् ।

करिब ८ करोड जनसंख्या रहेको विशाल अफ्रिकी मुलुक कंगोमा मार्च १० यता आठ हजार ५३४ जनामा कोरोना संक्रमण देखिएको र १९६ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति चिसेकेडीले अफ्रिकामा कोरोना संक्रमितको संख्याका दृष्टिले कंगो नवौं सर्वाधिक असर परेको मुलुक रहेको बताउँदै मुलुकलाई लामो समय लकडाउनमा राख्दा मुलुकको आर्थिक स्थिति अझ कमजोर हुने देखिएपछि सबै किसिमका प्रतिबन्धहरु बिस्तारै हटाउन लागिएको जानकारी दिए ।

कंगो सरकारले गत मार्च २४ मा स्वास्थ्य आपतकाल घोषणा गर्दै सीमाहरु पनि बन्द गरेको थियो । साथै संक्रमण फैलिन सक्ने भन्दै विद्यालयहरु, बार र रेस्टुराँ बन्द गरिएका थिए ।

सरकारको नयाँ आदेश अनुसार अब बुधबारदेखि सबै पसल, बैंक, रेस्टुराँ र बार खुला हुनेछन् भने सार्वजनिक यातायात खुला गरिने तथा ठूला सभाहरु पनि गर्न पाइने छ ।

विद्यालय र विश्वविद्यालयहरु आगामी अगस्ट ३ बाट पुनः खुल्नेछन् भने विमानस्थल, बन्दरगाह, सीमा र मठमन्दिरजस्ता धार्मिक स्थलहरु आगामी अगस्ट १५ देखि खुल्नेछन् । एएफपी

प्रतिक्रिया दिनुहोस