जलेश्वर । महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए ।
अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो ।
सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको छिमेकी साहले बताए ।