९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठप्प छ चुरा पोतेको व्यापार

अ+ अ-

काठमाडौं । विगतका वर्षमा साउन महिना शुरु भएसँगै भरिभराउ हुने इन्द्रचोक र असन क्षेत्रका चुरा पोतेका पसलमा अहिले चहल पहल देखिदैन ।

काठमाडौंको मुख्य र पुरानो व्यपारिक स्थानका रुपमा रहेको ती क्षेत्रका चुरापोतेका पसलमा महिलाको चहलपहल छैन । बन्दाबन्दीले अन्य व्यापार व्यवसायमा जस्तै त्यहाँको चुरा पोतेको व्यापारमा पनि असर पुर्‍याएको छ । खरिद गर्ने मानिस आउनै छाडेपछि पसल खोलेर कुर्नु मात्र भएको व्यापारी सविर अहमद बताउछन् । उनी प्रश्न गर्छन्, ‘व्यापार नै छैन कसरी परिवार चलाउने ?’ मल्ल कालदेखिको पुख्र्यौली पेशा धान्दै आएका उनी इतिहासमा कहिल्यै यस्तो अवस्था नआएको जिकिर गर्छन् ।

पोतेको व्यापार गर्दै आका उनी विगतका वर्षमा मानिसको अत्याधिक भिडभाड हुने गरेको स्मरण गर्छन् । उनी भन्छन्, ‘अब व्यापार कहिले सामान्य अवस्थामा आउने हो, पत्तै छैन ।’ विवाहको लगनमा मात्र पोतेको व्यापार भएको अहमदले बताए । उनी जस्तै यहाँका अर्का चुरा व्यापारी सुस्मिता चौधरीको दिनचर्या पनि उस्तै छ । विगतका वर्षमा दैनिक झण्डै रु ५० हजारको व्यापार हुने गरेकामा अहिले रु एक हजारको पनि व्यापार नहुने गरेको बताउछिन् । ‘व्यापारले घरभाडा जुटाउन पनि मुस्किल छ’, उनले भनिन् । सङ्क्रमणको डरले मानिसको सङ्ख्यामा कमी आएको उनको ठम्याइ छ । बन्दाबन्दीमा सामान कम आउने भएकाले मूल्य पनि केही वृद्धि भएको उनले बताइन् । जोखिम मोलेरै पसल खोले पनि दिनभर यसै बस्नुपर्ने अवस्था रहेको चौधरीको दुखेसो छ ।

व्यापार नभएका कारण परिवार धान्नै मुस्किल भएको अर्का व्यापारी आलोक मल्लले जानकारी दिए । उनी भन्छन्, ‘दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढै छ, ऋण गरेर चल्नुपर्ने अवस्था छ ।’ यस्तै अवस्था आए भोकभोकै मर्नुपर्ने स्थिति आउने उनको बुझाइ छ । सङ्क्रमणको नाममा मनपरीतन्त्र बढेको उनको आरोप छ । ‘जनताप्रति सरकार उत्तरदायी छैन भने गणतन्त्र आउनुको के अर्थ ?’, उनको प्रश्न छ । कोरोनासँगै समाजमा मनोवैज्ञानिक त्रास बढ्दै गएको उनी बताउछन् । राजनीतिक खिचातानीलाई छाडेर सरकारले जनताको अवस्थालाई बुझी नयाँ विकल्प खोजी हाल्नुपर्ने अवस्था रहेको उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस