९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा

अ+ अ-

बनेपा । कोभिड-१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् ।

सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर्णय गरेसँगै काभ्रेपलाञ्चोक जिल्लामा गणेश हिमाल तराई यातायात प्रालिले बिपी राजमार्गको बनेपा-भकुण्डे-नेपालथोक सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना आँपघारीसम्म सेवा दिन थालेका हुन् ।

प्रालिका अध्यक्ष आत्माराम थापाले सरकारले तोकेको मापदण्डभित्र रहेर सञ्चालन गर्ने गरी बस सञ्चालन गरी सेवा दिन थालेको बताए । उनले भने, ‘सबै बस पूर्णरुपमा चलेका छैनन्, तर हामीले जिल्लाभित्रका रुटमा असार २७ गतेबाट अलिअलि भए पनि निरन्तर सञ्चालन गर्न थालेका छौँ ।’

काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँच वटा यातायात प्रालिमध्ये चार वटा समितिले भने महासङ्घले गरेको निर्णयअनुसार आगामी साउन ८ गतेबाट मात्रै सेवा दिने जनाएको छ ।

काभ्रे यातायात समन्वय समितिले भने यातायात महासङ्घले गरेको निर्णयअनुसार यही साउन ८ गतेबाट मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सबै यातायात प्रालिलाई आग्रह गरेको छ ।

काभ्रे यातायात समन्वय समितिका अध्यक्ष एवं सिन्धु-हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठले जिल्लामा रहेको पाँच वटा समितिले महासङ्घले गरेको निर्णयअनुसार मात्रै सेवा दिने तयारीमा रहेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग यसअघि गरेको छलफलमा भाडादरमा ७५ प्रतिशत वृद्धि गर्नुपर्ने र अन्तर जिल्ला सञ्चालन गर्न पाउनुपर्नेलगायतको विषयमा थप छलफल भइरहेकाले आगामी ८ गतेदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए ।

गाडी मर्मत गर्ने, मजदूरको कोरोना बीमाको लागि प्रक्रिया अगाडि बढाउने र कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मजदूरका लागि बनेपामा ३० श्याको क्वारेन्टिन बनाउने तयारीमा काभ्रे यातायात समन्वय समिति जुटिरहेको अध्यक्ष श्रेष्ठले बताए । रासस

प्रतिक्रिया दिनुहोस