काठमाडौँ । सरकारले जारी लकडाउन खुकुलो बनाउँदै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर छोटो दुरीका अन्तर जिल्ला यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले जिल्लाभित्र मात्रै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।