१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारीका लागि युवालाई निवेदन दिन माग

अ+ अ-

काठमाडौं । सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा शाखा अधिकृत कृष्ण पौडेलले जानकारी दिएका छन् ।

यही साउन ८ गतेदेखि भदौ ७ गतेसम्म रोजगार केन्द्रमा सूचीकरणका लागि निवेदन दिनुपर्ने छ । बेरोजगार युवाले रोजगार हुनका लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई सूचीकरण गर्नुपर्नेछ । यसरी सूचीकरणका लागि निवेदन दिएका युवाले रोजगार व्यवस्थापन सूचना प्रणालीले ती युवाको छनोट गर्नेछ ।

उनका अनुसार मन्त्रालयका रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ तथा सरकारले गत वैशाख १४ गते गरेको निर्णयको आधारमा बेरोजगार युवालाई रोजगार उपलब्ध गराउनका लागि रोजगार केन्द्रमा निवेदन दिन आग्रह गरेको हो ।

रोजगारका लागि बेरोजगार व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले गरेको व्यवस्थानुसार आफूले न्यूनतम रोजगारको अवसर नपाएको र आफू तोकिएबमोजिम आयआर्जन हुने स्वरोजगारमा संलग्न हुने जानकारी गराउँदै निवेदन दिनुपर्नेछ ।

निवेदन दिएका व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा २१ बमोजिम रोजगार केन्द्रले खटाएको ठाउँमा गई काम गर्नुपर्नेछ । यदि केन्द्रले त्यस्ता व्यक्तिलाई रोजगार दिन नसकेमा ऐनको दफा २२ अनुसार निर्वाह भत्ता भनि न्यूनतम पारिश्रमिकको १०० दिनबराबरको रकमको ५० प्रतिशत उपलब्ध गराउनु पर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस