२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराएको १५० दिनपछि मानव कङ्काल सार्वजनिक

अ+ अ-

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ ।

हराएको करिब १५० दिनपछि रानाको कङ्काल प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । रानाको पत्नी मनरुपा रानाले गत फागुनमा हराएका उनलाई बेपत्ता पारिएको भनी गत असार १६ गते सोही वडावासी ३१ वर्षीय यामबहादुर सम्सेली र ३० वर्षीय सूर्यबहादुर वलीविरुद्ध प्रहरीमा किटानी जाहेरीपश्चात् उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरी अनुसन्धान थालिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

अनुसन्धानको क्रममा जिप्रका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले गत असार ३१ गते ठाकुरबाबा नगरपालिका–१ बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडे खोलामा रानाको कङ्काल फेला पारेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए । उनका अनुसार उक्त कङ्काल शिवरामकै हो भनी मृतककी पत्नी मनरुपा राना र बुबाले सनाखत गरेपछि यही साउन २ गते उनीहरु विरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि त्यहीअनुरुप अनुसन्धानको कारवाही अगाडि बढेको छ ।

प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडेखोलाबाट एक थान एक नाले भरुवा बन्दुक, दुई थान मृतक शिवरामको टाउकाको खप्पर मानव कङ्काल, एक थान खुट्टाको हड्डी, दुई थान हातको हड्डी, एक थान कलो सल्याक्स, खैरो कालो रङकोे एक थान झोला फेला पारेको थियो । यसैगरी झौलाभित्र रहेको चार डिब्बा गन पाउडर, पानीले भिजेर डल्लो परेको चार बट्टा सलाई, फलामको हँसिया, खुकुरी र स्टिलको थाली एकएक थान, फलामका स–साना टुक्रा र नेपाली सेनाले प्रयोग गर्ने कलरको एक थान कम्ब्याट जाकेट बरामद गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

करिब पाँच महिना हराएका शिवरामको सनाखतपश्चात् कर्तव्य ज्यान मुद्दा लगाइएका दुवै अभियुक्तको वास्तविक अनुसन्धान थालिएको र यथार्थ रिपोर्टका लागि मृतकको कङ्कालको डिएनए परीक्षण गरिने प्रहरी कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस