काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– ५ मा कुकुरलाई गाली गरेको भन्दै एक जनाको कुटीकुटी हत्या गरिएको छ । घटना गत बिहीबारको हो । रस्ुवा घर भइ कपुरधारा बस्दै आएका छिरिङ तामाङ र दोर्जे तामाङ राति १ बजे डेरा तर्फ जाँदै गर्दा कुटीएका हुन् ।
प्रहरीका अनुसार लकडाउनको बेला काम थिएन । उनीहरु दुबैजना मदिरा सेवन गरेर राति १ बजे कोठा तिर जाँदा बाटोमा कृष्ण श्रेष्ठको घरमा भएको कुकुर भुकेको थियो । छिरिङ र दोर्जेले कुकुर भुकेपछि गाली गरेका थिए । श्रेष्ठ घर बाहिर निस्किए र उनीहरु दुबै जनालाई गाली गरेको खुल्नमा आएको छ । त्यसपछि हतपात पनि भएको थियो । श्रेष्ठले हातपपात गर्दा उनीहरुले पनि प्रतिवाद गरेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि श्रेष्ठले चोरचोर भनी कराउँदा टोलभरीका मानिस सबै जम्मा भएर दुबैमाथि कुटपिट गर्नथाले । कुटपिटबाट छिरिङको मृत्यु भयो र दोर्जे बाँचे ।
नशा सेवन गरेको अवस्थामा दुबै जनामाथि निघात कुटपिट हुँदा एक जनको ज्यानै गएको र एक जना बाँच्न सफ भएको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
अनुसन्धान गर्दा उनीहरु चोर नभएको खुलेको छ । मृतकका आफन्तले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आएका छन् ।
घटनामा संलग्न कृष्ण श्रेष्ठसहित ७ जना पक्राउ परेका छन् र उनीहरु विरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ ।