३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लम्कीमा ३३ करोड ९९ लाख राजस्व सङ्कलन

अ+ अ-

टीकापुर । करदाता सेवा कार्यालय लम्की कैलालीले गत आर्थिक वर्षमा रु ३३ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३३ वटा शीर्षकबाट रु ३३ करोड ९९ लाख ५५ हजार १०३ राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सुरेन्द्र पोख्रेलले जानकारी दिए ।

“उत्पादन, वस्तु बिक्री वितरण, परामर्श तथा ठेक्का, सञ्चार, बीमा, हवाई तथा अन्य सेवा, वेदर्तावाल सेवाको मूल्य अभिवृद्धि करबापत रु १३ करोड १० लाख ५७ हजार ४५८ राजस्व सङ्कलन भएको छ”, कार्यालय प्रमुख पोख्रेलले भने, “विभिन्न आठ वटा आयकर शीर्षकबाट रु १२ करोड ३८ लाख ५४ हजार १६१ र सुर्तीजन्य पदार्थ, मदिरा, बियर र अन्य औद्योगिक उत्पादनको अन्तःशुल्कबाट रु दुई करोड ४० लाख ३९ हजार ३ ८८ राजस्व सङ्कलन भएको छ ।”

व्यक्तिगत पूँजीगत लाभकरबाट रु एक करोड ९६ लाख ९६ हजार ७६१, बहाल करबाट रु ५७ लाख ४३ हजार ७३, लाभांश करबाट रु १९ लाख ५० हजार ११२, आकस्मिक लाभकरबाट रु एक लाख ६८ हजार ८६९ राजस्व सङ्कलन भएको पोख्रेलले जानकारी दिए ।

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट रु दुई करोड १९ लाख २६ हजार ४४३ ब्याज करबाट रु एक करोड १५ लाख १६ हजार ३३६ र स्वास्थ्य सेवाबापत दुई हजार ५०० राजस्व सङ्कलन भएको छ । अझै पनि केही करदाताले राजस्व कार्यालय धनगढीको कोडमा रकम जम्मा गरिरहेका र त्यसलाई यस कार्यालयको कोषमा जम्मा गर्नसके अर्को वर्ष राजस्व अझै बढी सङ्कलन हुने प्रमुख पोख्रेल बताउँछन् । “सबैलाई करको दायरामा आउन आग्रह गरिरहेका छौँ । लामो समयसम्म कर नतिरेका उद्योगी, फर्म सञ्चालकका लागि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पछिल्लो तीन वर्षको कर तिरे अरु कर छुट हुने सरकारले व्यवस्था गरेको छ । यो अवसरको सदुपयोग गरौँ”, उनले भने ।

विसं २०७५ असोज महिनाबाट करदाता सेवा कार्यालय लम्कीले सेवा शुरु गरेको थियो । करदाता सेवा कार्यालय लम्कीबाट रु ४० करोडभन्दा तलको कारोवार गर्ने व्यक्ति वा संस्थाले सेवा लिन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस