१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्तिनाथ विकास बैंकको सटरमा शङ्कास्पद वस्तु फेला

अ+ अ-

सल्यान । बागचौर नगरपालिकामा रहेको एक बैंकको सटरमा शङ्कास्पद वस्तु आज बिहान फेला परेको छ । बागचौर– २ बागचौरमा रहेको मुक्तिनाथ विकास बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला परेको हो ।

जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम जस्तो देखिने शङ्कास्पद वस्तु राखिएको पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग ऋण असूली गरेको, लकडाउनका समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोलगायत कुरा लेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल त्यस क्षेत्रलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । सदरमुकामबाट बम निष्क्रिय टोली घटनास्थलमा पुगिसकेको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस