१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरो, दुई घर पुरिए, २ को शव फेला ३ बेपत्ता

अ+ अ-

काठमाडौँ । गए राति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा दुई घर पुरिएका छन् भने पाँच जना बेपत्ता भएका छन् ।

राति करिब साढे १ बजे तिर आएको पहिरोले गेन्जिङ शेर्पा र ङासम्बु शेर्पाको घर पुरिएको छ । गेन्जिङ शेर्पाकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरू पहिरोमा पुरिएका छन् । गेन्जिङ भने गाडी चालक रहेको र उनी बाहिरबाट घर आउँदै गरेको स्थानीय बुद्धि गुरुङले जानकारी दिए ।

घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली उद्धारका लागि पुगीसेको स्थानीय गुरुङले जानकारी दिए । उनका अनुसार अहिले दुई जनाको शव फेला परेको र अन्य तीन जना अझै बेपत्ता छन् । स्थानीय र सुरक्षा कर्मीहरूले उद्धार तथा खोजी गरिरहेका छन् ।

ङासम्बु शेर्पाको घरमा भने कोही मानिस नबस्ने उनले बताए ।

पहिरो गएको ठाउँमा अन्य १८ घर रहेको र अन्य घरमा कुनै पनि क्षति नपुगेको गुरुङले जानकारी दिए । पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्‍याएको छ ।

यसअघि गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन् ।

बाढीले क्षति पुर्‍याएर अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुलेको छैन ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरो । तस्वीर : श्रीधर न्यौपानेको फेसबुक

प्रतिक्रिया दिनुहोस