सुर्खेत । कर्णाली प्रदेश सरकारले आज प्रदेशभरी आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो। प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारले असार १५ गते धान दिवसका दिन र चैत १२ (जुम्लामा मात्र), साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन एक, प्रदेश स्थापना तथा सहिद दिवस भदौ चार, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला (जुम्लामा मात्र), माघे संक्रान्ति माघ एक, चैते दशैं चैत शुक्ल अष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको थियोे ।