१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

अ+ अ-

लहान । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उहाँका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए ।सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए । पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।

दुईको शव फेला
सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।

आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । यस्तै सिरहाको मिर्चैया नगरपालिका–९ बतहाखोलामा तत्काल सनाखत नभएको एक पुरुषको शव फेला परेको छ । खोलाको पश्चिम साइडमा अन्दाजी ४० वर्षीय सो पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सो शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको प्रहरी उपरीक्षक पञ्जीयारले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस