काठमाडौं । बिहीबारदेखि अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । कोरोना भाइरसका कारण लकडाउन अवधिभर जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था भोलदेखि हट्न लागेको हो ।
ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क नलिने व्यवस्था गरेका थिए ।
नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले आज एक विज्ञप्ति जारी गर्दै अबदेखि शुल्क लाग्ने बताएका हुन् । तर सम्बन्धी बैंकले भने आ–आफ्नो निर्णय गर्न सक्ने छन् ।
इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।