३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

अ+ अ-

खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् ।

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताए । ‘ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरु गरिएको छ’, उनले भने, ‘फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ ।’ झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ । फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् ।

पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरु गरिएको अर्का सञ्चालक सन्तराजले बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा उपलब्ध गराएको रु आठ लाख अनुदान र चारजनाले प्रति व्यक्ति शेयर रु एक÷एक लाख गरी रु १२ लाखमा ड्रागन फ्रुटको खेती शुरु गरिएको जनाइएको छ । ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालीम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् ।

आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ । चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् । पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए। चार युवाले शुरु गरेको सामूहिक ड्रागन फ्रुटको खेती शुरुआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ ।

हरेक वडामा कृषक समूह गठन गरेर ‘एक वडा, एक कृषि व्यवसाय’को स्रोत केन्द्र बनाउने गरी गाउँपालिकामा अभियान नै थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए। ‘वडास्तरमा २९ वटा कृषक समूह गठन गरिएको छ’, उनले भने, ‘हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउ÷बीजन, उन्नत जातको पशु तथा पंछी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ ।’

गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । सबै वडालाई एक÷एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः कृषिमा बजेट बढाउँदै लगिने गाउँपालिका प्रमुख खड्काले बताएका छन् ।

परम्परागत कृषि पेशा अपनाउँदै आएका कृषक गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि कृषि पेशाप्रति आकर्षित बनेका छन् । गाउँपालिको समग्र कृषि क्षेत्रको विकासका लागि गाउँपालिका प्रमुख र वडाका लागि वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस