भारतीय मिडियाको झुटा र उच्छृङ्खल समाचार सामाग्रीविरुद्ध नेपालको ‘प्रोटेस्ट नोट’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतीय मिडियाको झुटा र उच्छृङ्खल समाचार सामाग्रीविरुद्ध नेपालको ‘प्रोटेस्ट नोट’


२८ असार २०७७, आइतबार


काठमाडौँ । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित उच्छृङ्खल सामग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

भारतीय सञ्चार माध्यम जीन्यूज, विहारले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर उच्छृङ्खल सामग्री प्रकाशित गरेको थियो । अन्य भारतीय सञ्चार माध्यमहरूले पनि झुटा समाचारहरू प्रसारण गर्दै आएका छन् ।

यसले नेपाल र यसको नेतृत्वको अपमान गरेको भन्दै प्रोटेस्ट नोटमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमको एउटा हिस्साबाट भइरहेको यस्तो घिनलाग्दो अभियानले नेपाली जनताले नेपाली नेतृत्वको चरित्रलाई गहिरोसँग आघात गरेको छ ।’

सञ्चारमाध्यमहरूको यस्तो घृणाजन्य र अशिष्ट क्रियाकलापले दुई देश र यसका नेतृत्वको मित्रवत् सम्बन्धविरुद्धमा काम गर्ने नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस