२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रेस काउन्सिललाई पत्र, नेपालको बदनाम गर्ने मिडियामाथि एक्सन लिन आग्रह

अ+ अ-

काठमाडौँ । भारतीय मिडियाले नेपालबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालले भारतको प्रेस काउन्सिलको नामलाई पत्र लेखेको छ ।

भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले यही जुलाइ १० मा पत्र लेखेको हो । पत्रमा भारतीय केही टेलिभिजन च्यानलले नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतलाई जोडेर गरिएका अनर्गल प्रचारप्रति कदम चाल्न भारतीय प्रेस काउन्सिललाई आग्रह गरिएको छ ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत भारतीय मिडियाले आधारहीन समाचार पस्केको भन्दै आपत्ति जनाइएको छ ।

‘नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतको प्रेम सम्बन्ध भएको भन्ने जस्ता कपोकल्पित र बनावटी भिडिओ भारतको जी न्युज च्यानलबाट प्रसारण भएका छन् । र जुन सामाजिक सञ्जालमा सनसनीपूर्ण रूपमा प्रचार गरिएको छ । यस्तो बनावटी भिडिओले कपोकल्पित सूचना मात्रै दिएको छैन, बरु सार्वभौम राष्ट्रको निष्ठामाथि आक्रमण पनि भएको छ,’ काउन्सिलले जारी गरेको पत्रमा उल्लेख छ ।

नेपालको सार्वभौमिकतामा आक्रमण हुने गरी अन्य टेलिभिजन च्यानलले पनि आधारहीन सामग्री उत्पादन र प्रसारण गरेकोमा काउन्सिलले ध्यानाकर्षण गरेको छ । यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको ऐतिहासिक निर्णयमा पनि भारतीय टिभी च्यानलले बनावटी समाचार प्रसारण गर्न थालेको पत्रमा उल्लेख छ ।

भारतीय मिडियाले नेपालबारे टिप्पणी गरेकोमा नेपालको तर्फबाट कुनै कदम नचालिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न सोध्न थालिएपछि काउन्सिलले यस्तो पत्र लेखेको हो ।

प्रतिक्रिया दिनुहोस