मेलम्ची । सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जानुहुने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । उनीसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गरेका छन् ।