सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा क्षति हुन पुगेको छ भने बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गसमेत अवरुद्ध भएको छ ।
घाइतेहरूको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ ।