२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्रपंक्तिमा खटिनेलाई रेडक्रसद्वारा दुई करोड बढीको स्वास्थ्य सामग्री

अ+ अ-

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले विभिन्न जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

‘कोभिड १९ रेस्पोन्स प्रतिकार्य तथा पूर्व तयारी कार्यक्रम’ अन्तर्गत दि कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा रेक्रकसले पूर्वी नेपालका विभन्न जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको रेडक्रस केन्द्रीय कार्यालयका प्रवद्र्धन अधिकृत राजु राउतले बताए।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, रक्तसञ्चारकर्मी, क्वारेन्टाइन र हेल्थडेस्कमा खटिने स्वयमसेवकहरूलाई उपयोगी व्यक्तिगत सुरक्षा सामग्री विभिन्न जिल्लाका रेडक्रस शाखालाई हस्तान्तरण गरिएको हो।

असार १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई रेडक्रसका अध्यक्ष संजीव थापाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेर यो कार्यक्रमको सुरुवात भएको थियो। उक्त सामग्री सरकारले सोही दिन काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालक निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका थिए।

दि कोकाकोला फाउन्डेसनले सहयोग गरेको कूल दुई करोड ५७ लाख ७ हजार ७० रुपैयाँ मूल्य बराबरको सहयोगबाट स्वास्थ्य सामग्री रेडक्रसले सातै प्रदेशका प्रमुख अस्पताल र रेडक्रसका देशैभरका जिल्ला शाखालाई हस्तान्तरण गर्न दुईवटा टिम परिचालन गरेको छ।

यस क्रममा सोमबार काठमाडौंबाट पूर्वका लागि हिँडेको रेडक्रसकर्मीको टोलीले सिन्धुली, धनुसा, सिराहा, उदयपुर, सप्तरी, मोरड, कोशी प्रादेशिक अस्पताल मोरड, सुनसरी र झापा सम्म सामग्री हस्तान्तरण गरेको रेडक्रसका प्रवद्र्धन अधिकृत राजु राउनले बताए।

त्यस्तै गरी गण्डकी प्रदेश अन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की, बागलुङ, पर्वत, स्याङजा, मुस्ताङ, म्याग्दी र तनहुँ रेडक्रसका अग्रपंक्तिमा खटिने एम्बुलेन्स ड्राइभर र रक्तसञ्चारकर्मीका लागि सामग्री वितरण गरिएको छ।

यी जिल्लाहरूमा ४७२ वटा एन ९५ मास्क, २९९ जोर प्रोटेक्टिभ बुट, १७ सय ४० पिस सेनिटाइजर, २९० जार (५ लि) क्लोरिन हाइपोक्लोराइड र १० हजार ८५६ थान साबुन वितरण गरिएको जानकारी रेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले दिएका छन्।

प्रतिक्रिया दिनुहोस