११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गरे ।

परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका सम्बन्धमा नेपाल सरकारले निरन्तररुपमा यसको विरुद्ध खटिरहेको र परीक्षण लागि एउटा मात्रै प्रयोगशाला रहेकामा अहिले यो सङ्ख्या बढाएर २५ पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको जानकारी दिए ।

“सरकारले कोभिड– १९ को नियन्त्रणका लागि लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तररुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीति अपनाउँदै आएको छ”, उनले भने, “प्रभावित व्यक्तिको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तको उच्चतम् अभ्यास भएको छ ।” हालसम्म सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारकोतर्फबाट आवश्यकताअनुसार थप कार्यक्रम गराउँदै जाने योजना लिएको जनाउँदै उनले त्यसका लागि एकजुटरुपमा यस महामारीविरुद्ध लड्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस