१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षअघि बेपत्ता भएका डोटीका पत्रकार खड्काको निधन भएको पुष्टि

अ+ अ-

डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ ।

दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको निधन भएको पुष्टि भएको खबर मङ्गलबार आएको हो ।

पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको २०७६ साल मङ्सिरमा बाजुराको बुढिनन्दामा मानव कङ्काल भेटिएको थियो । उक्त मानव कङ्काल नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको थियो ।

प्रयोगशालामा गरिएको परीक्षणपछि सो कङ्काल पत्रकार तेजबहादुरकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताए । उनले भने, “खोजबिन टोलीले पाएको मानव कङ्काल डिएनए परीक्षणका लागि हाम्रो विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो, परीक्षणपछि रिपोर्ट हेर्दा खड्काकै कङ्काल भएको पुष्टि भएको छ ।”

बेपत्ता भएका पत्रकार खड्काको खोजी गर्ने क्रममा वेपत्ता भएको एक वर्षपछि २०७६ साल मङ्सिरमा दुई वटा करङ, झोला र परिचयपत्र भेटिएको थियो । पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रूपमा काम गर्दै आएका थिए । खड्का रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रिय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत रहेका थिए । उनी २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा वरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता भएका थिए ।

प्रेस युनियन डोटी शाखाको शोक व्यक्त
वेपत्ता पत्रकार तेजु खड्काको निधन पुष्टि भएपछि नेपाल प्रेस युनियन डोटी शाखाले शोक व्यक्त गरेको छ । प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको निधनप्रति दुख व्यक्त गर्दै युनियनले मृतक खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

डोटी शाखाका अध्यक्ष प्रकाश बमले एक शोक वक्तव्य जारी गर्दै संस्थापकलाई गुमाउनु पर्दा संगठन तथा पत्रकारिता जगतमा ठुलो क्षति पुगेको जनाएका छन् ।

शोक वक्तव्यमा ‘रिर्पोटिङमा हिडेका पत्रकार यसरि वेपत्ता हुनु, वषौं पछि कंगाल भेटिनु तथा कंगालसँगै फेला परेका केही सामाग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिँदा घटनाप्रति गहिरो छानबिन हुनुपर्ने आवश्यकता खड्किएको छ’ भनिएको छ ।

‘प्रेस युनियनले घटनाको अध्ययन तथा प्रकृती हेर्दा पत्रकार खड्काको हत्या भएको आशंका गरेको छ’, वक्तव्यमा भनिएको छ,’ प्रेस युनियन जिल्ला शाखा डोटी मृतक पत्रकार खड्काको निधन भएको घटनाको सत्यतथ्य छानविन तथा गहिरो अनुसान्धान गर्न सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस