काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा यातायातका कर्मचारीसहित १२ जना पक्राउ परेका छन् । यातायात कार्यालय धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई सहित १२ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको हो ।
यस्तै पक्राउ पर्नेमा कञ्चनपुरका बहादुर राना, राजकुमार राना, हरेन्द्र राना, सुवेश राना, रामनिवास राना, श्याम राना, रामलाल राना, प्रदीप राना, लक्ष्मी राना र राम दयाल राना छन् ।
यातायातका कर्मचारीले नक्कली बिलबुक बनाउन सहयोग गरेको पाइएको कञ्चनपुरका डीएसपी अमर थापाले बताएका छन् । उनका अनुसार हालसम्म ८ वटा मोटरसाइकल र बिलबुकहरु बरामद भएका छन् ।
उनीहरु सबैजनाविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिने भएको छ ।