काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुस लिएको आरोपमा कम्पनी रजिष्टारको कार्यालयका नासु डोर प्रसाद पन्थी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा नासु पन्थीले विभिन्न कम्पनीहरूको अभिलेख अद्यावधिक गर्ने क्रममा लेखापीक्षक रामचन्द्र श्रेष्ठको लेखा परीक्षण प्रतिवेदन सामेल हुने फाइलमा सहजता प्रदान गरिदिने कामको लागि ५ हजार घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।
त्यसैगरी सेवाग्राही लेखा परीक्षक राम चन्द्र श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ । श्रेष्ठले राष्ट्रसेवक कर्मचारी नासु पन्थीलाई आफ्नो काममा सहजता प्रदान गरिदिन घुस दिएको भन्दै आयोगले उनी विरुद्धसमेत मुद्दा दर्ता गरेको हो ।
घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको थियो ।