राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक पक्राउ


१२ असार २०७७, शुक्रबार


पक्राउ

नेपालगञ्ज । राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा एकजना सुनचाँदी व्यवसायीलाई एक करोड २५ लाख रुपैयाँ ऋण दिएको घटनामा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए ।

जसगढले नक्कली कागजपत्र र किर्ते छापका आधारमा २०७६ मंसीर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड १५ लाख रकम निकालेका थिए ।

बैकमा पेश गरेका ४ वटा लालपूर्जा मध्ये २ वटा लालपूर्जा नै नक्कली भएको र १ वटा लालपूर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस