अबको तीन दिनको मौसम यस्तो छ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अबको तीन दिनको मौसम यस्तो छ


१२ असार २०७७, शुक्रबार


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभर थोरै स्थानहरूमा वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ।

राति सबै प्रदेशहरूमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिवार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। राती भने बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिवार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेश थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। राति सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस