काठमाडौं । पाल्पामा थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले बिहीबार विहान सूचना निकालेर जानकारी दिएको हो ।
पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा स्वाब संकलन गरी परीक्षण गर्न भरतपुरस्थित प्रयोगशालामा पठाइएको थियो ।