काठमाडौं । पछिल्लो २४ घण्टामा ६२९ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङ गर्दै प्रवक्ता जागेश्वर गौतमले आज ६२९ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।
यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १०,७२८ पुगेको छ ।
आज कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ८ जना महिला १०६ जना पुरुष गरी ११४ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या २४ पुगेको छ ।