काठमाडौं । आज ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० जना महिला र ४४८ जना पुरुष रहेको स्वास्थ मन्त्रालयको नियमित प्रेस ब्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमितको सँख्या १० हजार ९९ जना पुगेको छ ।
आज डिस्चार्ज हुनेको संख्या ७६ जना पुगेको छ । जसमध्ये ८ जना महिला ६८ जना पुरुष छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २२४ पुगेको छ ।