१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलियामा दुई नेपाली पक्राउ

अ+ अ-

काठमाडौं । अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो ।

सोमबार २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दा लगाइएको छ ।

नाइनन्युज समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।

पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।

बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपालीलाई पक्राउ गरेको छ । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ । यसरी ठगीमा परेकाहरुको पनि पहिचान भइरहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस