१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

अ+ अ-

काबुल । अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गरेका छन्।

ती वकीलहरु सोमबार गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए ।

खलिलजादले अफगान कारागारबाट कैदीबन्दी मुक्त गर्ने कार्यमा कागजी प्रक्रियामा संलग्न रहेका महान्यायाधीवक्ता कार्यालयका वकील र टोलीका अन्य सदस्यहरुको हत्या अत्यन्त अमानवीय रहेको बताउँदै अमेरिकी सरकारले उक्त हत्याकाण्डको भत्र्सना गरेको जानकारी दिए।

उनले ट्वीट गर्दै भनेका छन्, ‘शान्तिका विरोधीहरुले उक्त आक्रमण गरी पाँच जनाको ज्यान लिएका छन् ।’ अर्को ट्वीटमा उनले अगाडि भने, ‘यस आक्रमणले एउटै कुरा स्थापित गर्न खोजेको छः देशी विदेशी दुवै तत्वले अफगानिस्तानमा अस्थिरता र शान्ति प्रक्रियामा ढिलाई चाहेका छन् ।’

सोमबार भएको उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।

यसैबीच, उनले तालिबान र अफगान सरकार दुवैलाई अन्तर–अफगान वार्ताका लागि आवश्यक कदम चाल्न पुनः आह्वान गर्नु भएको छ ।

विशेष प्रतिनिधि खलिलजादले वार्ता मार्फत जतिसक्दो चाँडो विस्तृत शान्ति सम्झौता गर्न र राजनीतिक समाधान निकाल्न आग्रह गरेका छन् । उनले भेनका छन्, ‘यही नै अफगान जनताले चाहेका छन् र हामी उनीहरुको चाहनामा एकमत छौं ।’ एएनआई

प्रतिक्रिया दिनुहोस