काठमाडौं । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।
विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका थिए । असार ६ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनी ८ गते बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए । भारतबाट फर्किएका उनले परिवारसँग पनि भेटेका थिएनन् ।
मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ ।
मृतकको सोमबार नै अन्त्येष्टि गरिएको धामीले बताए । स्थानीयवासी त्रसित भएकोले सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताए ।