गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द


७ असार २०७७, आइतबार


काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिन नदिन भन्दै बागलुङको गल्कोट नगरपालिका क्षेत्रमा आजबाट अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको छ ।

नगरप्रमुख भरत शर्माले बिरामी, औषधि पसल, बिउ बिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

नगरप्रमुख शर्माले नगरवासीलाई हतोत्साही नहुन र स्वतःस्फूर्तमा व्यापार व्यवसाय, व्यवसाय र आवतजावतलाई पूर्णरुपमा बन्द गरी नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सघाउन प्रेस विज्ञप्तिमार्फत अनुरोध पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस