जङ्गी अड्डामा पृतनापति सम्मेलन शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जङ्गी अड्डामा पृतनापति सम्मेलन शुरु


५ असार २०७७, शुक्रबार


काठमाडौँ । मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा आजदेखि पृतनापति सम्मेलन शुरु भएको छ ।

उक्त सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुती हुनेछ । सम्मेलनमा खासगरी राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजीकार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भाबी योजनाबारे प्रस्तुती हुनेछ । सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदैआएको छ ।

मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ । सेनाले प्रत्येक छ÷छ महिनामा पृतना सम्मेलन गर्दैआएको छ । यो सम्मेलन आइतबार सकिनेछ ।

सेनाको व्यवस्थापनमा विदेशबाट औषधिलगायतका सामग्री खरिद गरिनुका साथै क्वारेन्टिन व्यवस्थापन र स्वदेश फर्केका नागरिकलाई जिल्ला सदरमुकामसम्म पु¥याउने कार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस