नागरिकता विधेयकमाथि बालुवाटारमा छलफल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नागरिकता विधेयकमाथि बालुवाटारमा छलफल


४ असार २०७७, बिहिबार


काठमाडौँ । नागरिकता विधेयकमाथि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ। छलफलमा प्रधानमन्त्री केपी ओली, नेकपाका शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दलका नेता सहभागी छन्।

छलफलमा नेकपाको तर्फबाट अध्यक्ष एवम् प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायत नेता सहभागी छन् भने प्रमुख प्रतिपक्षी दलका नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, मिनेन्द्र रिजाल सहभागी रहेका छन्। छलफलका लागि बोलाइएको भए पनि काँग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी भएनन्।

झन्डै दुई वर्षदेखि थाती नागरिकता संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिमा मंगलबार सभापति शशि श्रेष्ठले मुख्य विवादित वैवाहिक नागरिकताको प्रावधानबारे समिति सचिवालयका तर्फबाट प्रस्ताव गरेकी थिइन् ।

नेकपाका सबै सांसदले श्रेष्ठको प्रस्तावमा समर्थन पनि जनाए। विपक्षी कांग्रेसका सांसदमा दुई धार देखा पर्‍यो। दिलेन्द्रप्रसाद बडू र डिला संग्रौलाले(नेकपाका सांसदले बहुमतबाट पारित गरे) खासै विरोध नगर्ने रणनीति लिए पनि अमरेश सिंह विरोधमा उत्रिएका थिए ।

गत वर्षको साउन २२ मा संसदमा दर्ता भएको विधेयक ०७५ भदौ ५ गते समितिमा दफावार छलफलका लागि पुगेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस