२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्तिपुर मिडिया ग्रुपलाई समितिको पत्राचार

अ+ अ-

कान्तिपुर मिडिया ग्रुप(केएमजी) का पत्रकार तथा कर्मचारीले नियमित तलब नदिएको र बेतलवी बिदामा बस्न दबाब दिएको उजुरी गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मातहतको न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सो विषयमा जानकारी उपलब्ध गराउन पत्राचार गरेको छ ।

श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका कर्मचारीको सेवा, सुविधाको कार्यान्वयन र अनुगमनका लागि श्रमजीवी पत्रकार ऐन, २०५१ बमोजिम गठित समितिले सो सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीका युनियनले आन्तरिकरुपमा समस्या समाधान नभएपछि दिएको उजुरीका आधारमा उक्त सात दिने पत्राचार गरेको हो । समितिका कार्यक्रम सहजकर्ता स्मृति गिरीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीले न्यूनतम् पारिश्रमिक नपाएको र प्रशासनले जबर्जस्ती बेतलवी बिदामा बस्न भनेका कारण छाक टार्ने मेलो हराउने भएको भनी यस समितिमा उजुरी परेकाले यस विषयमा के कसो भएको हो रु यथार्थ विवरण जानकारी गराउनु पर्ने निर्णय भएकाले कार्यान्वयनका लागि पत्राचार गरिएको छ ।”

समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोरोना महामारी र बन्दाबन्दीपछि विभिन्न सञ्चारगृहमा यसप्रकारको समस्या देखा पर्न थालेकाले समितिले अनुगमन र कार्यान्वयनका लागि पहल प्रारम्भ गरेको बताए । उनले श्रमजीवी पत्रकारको सेवा, सुविधा र हकहितका विषयमा उत्पन्न समस्याबारे सरोकार भएका संस्था र निकायका प्रतिनिधिसँग छलफल गरी कार्ययोजना तय गरिने बताए। समितिको सिफारिससमेतका आधारमा वृद्धि गरिएको श्रमजीवी पत्रकार र कर्मचारीको तलब र सुविधाबारे सरकारले २०७५ असोज ३० गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयनका लागि सूचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस