घुस काण्ड पछि विभाग तानिए डिल्लीबजार मालपोतका हाकिम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस काण्ड पछि विभाग तानिए डिल्लीबजार मालपोतका हाकिम


३ असार २०७७, बुधबार


काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौँका कार्यालय प्रमुख उपसचिव गोविन्द अधिकारीलाई विभाग फिर्ता बोलाइएको छ ।

कमान्ड कन्ट्रोल गर्न सकेको नदेखिएपछि उनलाई कारबाही स्वरूप तत्काल विभाग फिर्ता पठाइएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दियो ।

कार्यालय लागेको भोलिपल्ट हिजो मात्रै जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीबाट आठ लाख ५० हजार रकमसहित घुस लिई सकेको अवस्थामा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौँका अधिकृत रघुवंश कँडेल, ना.सु. क्रमशः उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको थियो ।

यसमा उपसचिव अधिकारीको प्रत्यक्ष संलग्नता नदेखिए पनि सबै कर्मचारीको निगरानी राख्नु कार्यालय प्रमुखको दायित्व रहेकोमा सो इमानदारीपूर्वक निर्वाह गर्न सकेको नदेखिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गरेको ती अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस