९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो ।

सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५०६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा. घिमिरेले बताए ।

प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३३१, होम क्वारेन्टिनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन् ।

गण्डकीमा कोरोना सङ्क्रमित २२६ पुगे
दमौली– तनहुँ जिल्लामा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित क्वारेन्टिनमा रहेका १२ र ४६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना पुष्टि भएकालाई सोही नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यस्तै पोखरा महानगरपालिकास्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचार गराइरहेका ९० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२६ पुगेको छ । मङ्गलबार बिहान मात्रै १८ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–४ का दुई जनाले कोरोना जितेका छन् । जेठ १८ र २३ गते कोरोना पुष्टि भएका २८ वर्षीय र ४० वर्षीय दुई पुरुषले कोरोना जितेका हुन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत दुवै जनालाई सोमबार घर पठाइएको छ । अठ्ठाइस वर्षीय पुरुषलाई सोमबार दिउँसो नै बिदाइ गरिएको थियो भने ४० वर्षीय पुरुषको रिपोर्ट आउन ढिलाइ भएकाले साँझ मात्रै बिदाइ गरिएको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार दुवैको दोस्रो पिसीआर रिपोर्ट नेगेटिभ छ ।

अठ्ठाइस वर्षीय पुरुष जेठ १० गते भारतबाट आएर व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र ४० वर्षीय पुरुष जेठ ११ गते भारतबाटै आएर ऋषिङ गाउँपालिका–१ स्थित शुक्ला माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । उपचार केन्द्रमा हाल सात कोरोना सङ्क्रमित उपचाररत छन् । ऋषिङ गाउँपालिकाका एक र घिरिङ गाउँपालिकाका छ पुरुषको उपचार केन्द्रमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको उपचार केन्द्रले जनाएको छ । अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालयले उपलब्ध गराएको अश्वगन्ध चूर्ण, गुडुची चूर्णलगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि सेवन गर्न दिइएको छ ।

सङ्क्रमितको उपचारमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी खटाइएको छ । पहिलो चरणमा आइसोलेसन कक्षमा खटिएका एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी १४ दिन पुगेपछि आइतबारदेखि क्वारेन्टिनमा राखिएको छ । तनहुँ जिल्लाका दुई स्थानीय तहमा चार गर्भवती महिला क्वारेन्टिनमा छन् । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकामध्ये चार गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार व्यास नगरपालिकास्थित क्वारेन्टिनमा तीन र ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा एक गर्भवती छन् । त्यस्तै भीमाद नगरपालिकास्थित क्वारेन्टिनमा पाँच वर्षमुनिको एक बालक पनि रहेको अधिकारीले जानकारी दिए । जिल्लाका १० स्थानीय तहको क्वारेन्टिनमा ६४ महिला र ७१७ पुरुष गरी ७७४ जना छन् ।

५२५ को रिपोर्ट आउन बाँकी
क्वारेन्टिनमा बस्नेको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइए पनि रिपोर्ट आउन ढिलाइ भएको छ । दश स्थानीय तहबाट पठाइएका ५२५ को रिपोर्ट अझै आएको छैन । भानु नगरपालिकाका ३६, व्यास नगरपालिकाका १४३, शुक्लागण्डकी नगरपालिकाका ३३, भीमाद नगरपालिकाका ४५, म्याग्दे गाउँपालिकाका ४१, घिरिङ गाउँपालिकाका ६६, ऋषिङ गाउँपालिकाका १३१, देवघाट गाउँपालिकाका ११ र बन्दीपुर गाउँपालिकाका १९ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस