३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ ।

विभागले आजदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाका लागि विभागको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ ।

आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ ।

साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिए। “व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि आवश्यक कागजपत्र मेल गरेपछि हामी व्यवसायीलाई सबै कागजपत्र लिएर आउन आग्रह गछौँ, आवश्यक काजगपत्र नपुगेर कार्यालयबाट फर्कन भन्दा मेल गर्दा सहज हुन्छ भन्ने उद्देश्यले व्यवसायीलाई मेल गर्न आग्रह गरेका हौँ,” उनले भने ।

उनका अनुसार आजदेखि कार्यालय सञ्चालन गरेर विभागअन्तर्गत रहेका शाखाहरु विभिन्न दिनमा खुला हुने गरी कामको बाँडफाँट गरिएको छ ।

विभागले आइतबार, मङ्गलबार र शुक्रबार रु ६० लाखभन्दा कम पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार रु ६० लाखभन्दा माथि पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य हुने जनाइएको छ ।

यसैगरी बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता/नवीकरण संशोधनलगायत सेवा प्रवाह हुने जनाइएको छ ।

विभागबाट हुने कार्यका लागि कानून व्यवसायी, व्यवसायीका साथी वा व्यवसायीसँग अन्य सदस्य आवश्यक नपर्ने र उनीहरुलाई प्रवेश निषेध गरिएको जनाइएको छ ।

विभागले बजार अनुगमनका क्रममा कारवाहीस्वरुप जरिवाना गरिएका फर्मको शुल्क बुझाउन उपभोक्ता सहायतासम्बन्धी कार्य तथा निकासीपैठारी इजाजतसम्बन्धी कार्य सार्वजनिक बिदाबाहेकका दिनमा दैनिक सञ्चालन भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस