२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन पर्साले म्यासेन्जरबाटै सेवा दिने

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले म्यासेन्जरबाटसमेत सेवा दिने भएको छ ।

कोभिड १९ को सङ्क्रमण नफैलिने गरी सार्वजनिक सेवा प्रवाह गर्न डिएओपर्साको फेसबुक आइडीमा आफ्नो व्यक्तिगत विवरण तथा काम सम्बन्धमा जानकारी गराउन र तोकिएको कोटाअनुसार पहिला आउने तथा सम्पर्क व्यक्तिहरूलाई प्राथमिकताको आधारमा टोकन नम्बरबाट सेवा दिने जनाएको छ ।

सेवा प्राप्त गर्न भिडभाड नहुने गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालयमा सञ्चालन हुने हेल्प डेस्कमा आई वा फोन नम्बर ०५१–५२२११० मा सम्पर्क गरी वा daoparsa को फेसबुक आइडिमा आफ्नो व्यक्तिगत विवरण र काम सम्बन्धमा जानकारी गराउनु पर्नेछ जारी सूचनामा भनिएको छ । सेवा प्रवाहको क्रममा भिडभाड नहोस् भन्नको लागि नयाँ नागरिकता २०, प्रतिलिपि १० र राहदानी सम्बन्धी १५ वटा कोटा तोकिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, गृह मन्त्रालयको निर्देशन तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सेवा सञ्चालन सम्बन्धी प्रोटोकललाईसमेत मध्यनजर गर्दै सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

सेवा लिन आउँदा हरेक सेवाग्राही (कर्मचारी समेतले) मास्क लगाएको हुनुपर्ने, कार्यालय प्रवेश गर्नु पूर्व थर्मल गन मार्फत तापक्रम जाँच गराउनुपर्ने, कार्यालय प्रवेश गर्नु पूर्व परिसर बाहिर व्यवस्था गरिएको ठाउँमा साबुन पानीले हात धुनुपर्ने, कम्तीमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने र टोकन नम्बर उपलब्ध गराउँदा निर्धारण गरिएको आफ्नो समयमा आउनुपर्ने जनाइएको छ ।

तर शान्ति सुरक्षा लगायत अति आवश्यक प्रकृतिको सेवाको लागि भने टोकन आवश्यक नपर्ने र जुनसुकै समयमा आउन वा सम्पर्क गर्न सकिने भनेको छ ।

प्रतिक्रिया दिनुहोस