९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको आवतजावत बाटो अलग

अ+ अ-

चितवन । सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको ‘ए’ ब्लकको भुईंतलामा पछाडिबाट बाटो खोलेर राखिएको छ । सो स्थानमा जानका लागि स्वास्थ्य कार्यालयको मूल गेटतर्फबाट जाने बाटो प्रयोग गरिएको छ । तिवारीले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको गेटलाई सञ्चालनमा ल्याइएको जानकारी दिए । मानिस आवतजावत त्यसै गेटबाट गर्न शुरु गरेको र भूइँ मिलाएर गाडीसमेत आजबाट सञ्चालनमा ल्याइने बताए । सङ्क्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् । नयाँ प्रवेशद्वारबाट सोझै सङ्क्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ ।

सङ्क्रमित रहेको क्षेत्रलाई हरियो जालीले घेरेर थप व्यवस्थित गर्न लागिएको तिवारीले बताए । हाल सङ्क्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको उपचारमा संलग्नलाई एक होटलमा क्वारेन्टिन बनाएर राखिएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सो ठाउँमा अहिले २३ जना चितवनका, बर्दघाट सुस्त पूर्वका तीन जना र एक जना कपिलवस्तुका सङ्क्रमित रहेका छन् । अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ ।

अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा सङ्क्रमित राखिएको हो । पौडेलका अनुसार सो ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ श्ययाको आइसोलेसन कक्ष रहेको छ । सिसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकमलगायतका प्रविधि जडान गरी उनीहरुको अनुगमन गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई कुनै असर नगर्ने बताए । अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । अधिकारीले सर्वसाधारण जनताको निःशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सञ्चालन गरी सङ्क्रमितको समेत उपचार गरिएको बताए।

राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले कोभिड–१९ प्रयोगशालासमेत सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमितको उपचार गरी यहीँबाट सात जना घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस