१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा

अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।

प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक भएको छ ।

स्थानीय संचार माध्यमका अनुसार राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेकै अवस्थामा एउटा रेस्टुराँको बाटो छेक्न पुगेका २७ वर्षीय रेसार्ड ब्रुक्सको शनिबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

उक्त घटना लगत्तै एटलान्टाका मेयर केशा लान्स बटम्सले स्थानीय प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएको घोषणा गरेका थिए ।

मृत्यु भएका ब्रुक्सले स्थानीय वेन्डी नामको रेस्टुराँमा आउने मानिसको बाटो कारले छेकेर अवरोध गरेको उजूरी गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो ।

प्रहरीसँग घम्साघम्सी भएपछि भाग्न खोजेका ब्रुक्समाथि प्रहरीले गोली चलाएको थियो । उनलाई उपचारका लागि तत्कालै अस्पताल भर्ना गरिए पनि उनको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न प्रहरी अधिकारी ग्यारेट रोल्फलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका अफ्रिकी–अमेरिकी मुलका जर्ज फ्लोएडको गत मे २५ मा मृत्यु भएपछि अमेरिकाभर जातीय विभेदको अन्त्यको माग गर्दै देशव्यापी विरोध प्रदर्शन जारी छ ।

अमेरिकी शहरहरुका साथै बेलायतको लन्डन, फ्रान्सको पेरिस, क्यानाडाका शहरहरुमा समेत विरोध प्रदर्शनहरु भइरहेका छन् । बेलायतमा प्रदर्शनमा सहभागी एक हजारभन्दा बढी पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस