एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै


३२ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाइएको थियो । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस