कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि


३० जेष्ठ २०७७, शुक्रबार


सुर्खेत । कर्णालीमा शुक्रवार मात्रै ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतको लेकबेसी नगरपालिकामा मात्रै दुई महिलासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै, भेरीगंगा नगरपालिकाका ६ जना पुरुष, चिङ्गान गाउँपालिकाका ५ जना पुरुष, सिम्ता गाउँपालिकामा २ जना र वीरेन्द्रनगर नगरपालिका एक जना पुरुष, रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिकामा ४ महिलासहित २८ जना, भैरवी गाउँपालिकामा एक महिलासहित ७ जना र ठाँटीकाँध गाउँपालिकामा ३ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४६ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस