रौतहट । कोरोना भाइरस सङ्क्रमणको बेला जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ ।
मौलापुर नगरपालिकाको पतौरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरि शंकर प्रसादलाई सेवाबाट हटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहले बताए । प्रसादले आफ्नो पदीय मर्यादा विपरीत कामकाज गरेको पुष्टि हुन आएको र कोरोना महामारीमा समेत सहयोग नगरेको देखिन आएकोले सो सम्बन्धमा नगरपालिकाबाट सोधिएको स्पष्टीकरणसमेतको जवाफ सन्तोषजनक नभएकोले सेवाबाट हटाइएको जनाइको छ ।