बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन


३० जेष्ठ २०७७, शुक्रबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सबै बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्न आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखारकाउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस